समाज


शनिबार गण्डकी प्रदेशमा थपिए ५८ कोरोना संक्रमित

शनिबार गण्डकी प्रदेशमा थपिए ५८ कोरोना संक्रमित

नेपालखबर
असार ६, २०७७ शनिबार १:४७,

गण्डकी प्रदेशमा शनिबार बिहान थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकीमा संक्रमितको संख्या चार सय ३८ पुगेको छ।

नयाँ थपिएका संक्रमित एक १९ वर्षीया बालिका र एक महिला छन्। बाँकी सबै पुरुष हुन्।

आज थपिएका तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा र बागलुङ जिल्लाका भएका गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए।

शर्माले शनिबार बिहान जारी गरेको विज्ञप्तिका अनुसार तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा १ र बागलुङमा ८ जना कोरोना संक्रमित थपिएका हुन्।

उनीहरु सबै भारतबाट आएर सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा बसिरहेका छन्।

 थप जानकारीका लागि हेर्नुस् प्रेस विज्ञप्ति :

g press 20200620005911

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad