राजनीति


नागरिकता विधेयक र एमसीसीबारे छलफल गर्न बिहानै बस्दै नेकपा सचिवालय बैठक

नागरिकता विधेयक र एमसीसीबारे छलफल गर्न बिहानै बस्दै नेकपा सचिवालय बैठक

नेपालखबर
असार ६, २०७७ शनिबार १:५८,

नागरिकता विधेयक र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बिहानै बस्दै छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक पार्टीका एक अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली शर्माको सरकारी निवास (बालुवाटार) मा अहिले बिहान ९ बजे बस्दै छ। 

नेकपा सचिवालय स्राेतका अनुसार बैठकमा एमसीसीलगायत समसामयिक विषयमा छलफल हुनेछ। 

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भने नागरिकता विधेयकमा छलफल गरेर पार्टीबाट निर्णय गराउन सचिवालय बैठक बस्न लागेको जानकारी दिए। 'नागरिकता विधेयकको सम्बन्धमा छलफल हुन लागेको हो,' खनालले भने,'एमसीसीको विषय स्थायी समिति बैठकमा छलफल हुन्छ।'

याे पनि: प्रधानमन्त्री ओली र प्रचण्डले सुरु गरे नागरिकता विधेयकबारे परामर्श

प्रधानमन्त्री ओली संसदबाट एमसीसी पारित गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यदलको सुझावअनुसार अगाडि बढ्नुपर्ने अडानमा छन्। कार्यदलले बनाएको प्रतिवेदनबारे स्थायी समितिमा छलफल गरिनुपर्ने अडानमा प्रचण्डलगायतका नेता छन्।

याे पनि: वामदेवको ठहरः ओलीले झुक्याए, एमसीसी संशोधनपछि मात्रै अनुमोदन

एमसीसीबारे चर्को विवाद भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल बनाएको थियो। जसले आफ्नो प्रतिवेदनमार्फत परिमार्जन गरेर मात्र एमसीसी संसदबाट पारित गर्नुपर्ने सुझाव दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad