ad ad

समाज


विपद् व्यवस्थापनको तयारीका लागि चार ठाउँमा सैनिक हेलिकोप्टर तयारी अवस्थामा राखिने

विपद् व्यवस्थापनको तयारीका लागि चार ठाउँमा सैनिक हेलिकोप्टर तयारी अवस्थामा राखिने

नेपालखबर
असार ५, २०७७ शुक्रबार १२:३२,

वर्षा सुरु भएसँगै हुन सक्ने प्राकृतिक प्रकोपको क्षतिबाट उद्धार तथा राहतका लागि चार ठाउँमा सैनिकका हेलिकोप्टर तयारी अवस्थामा राखिने भएको छ।

शुक्रबार गह मन्त्रालयमा बसेको विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सबै सुरक्षा निकायलाई तयारी गर्न निर्देशन दिएको हो।

बैठकमा नेपाली सेनाले असार १५ देखि चार ठाउँमा हेलिकोप्टर तयारी अवस्थामा राखिने जानकारी गराएको छ। सहायक रथी राम राणाले इटहरी, भरतपुर, सुर्खेत र बारामा हेलिकोप्टर तयारी अवस्थामा राखिने जानकारी गराए।

यस्तै देशैभरका सैनिक युनिटलाई आफ्नो क्षेत्रमा हुनसक्ने जोखिम पुर्वानुमान गरेर तयारी गर्न निर्देशन दिइएको पनि सहायक रथी राणाले बताए।

सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले सशस्त्रले पनि आवश्यक तयारी गरिरहेको जानकारी गराएका छन्। विगतमा बढी क्षति भएका ठाउँहरुमा उद्धारका लागि आवश्यक सामग्रीहरु पठाइसकिएको पनि खनालले बताए।

गृहमन्त्री रामबहादुर थापा बादलले कोरोनासँगै प्राकृतिक विपतिसँग एकै पटक जुध्नुपर्ने अवस्था आएको भन्दै विगतभन्दा यसपटक थप चुनौती थपिएको बताए। उनले सबैलाई आवश्यक समन्वयमा काम गर्न पनि निर्देशन दिएका छन्।

उनले यी काममा पनि सुरक्षा निकायसँगै स्वास्थ्य मन्त्रालयको भूमिका प्रमुख हुने भएकाले सोही अनुसार तयारी गर्न आवश्यक रहेको बताएका छन्। बैठकले मनसुन पूर्व तयारी र प्रतिकार्य कार्ययोजना २०७७, पारित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .