ad ad

राजनीति


प्राज्ञिक पदाधिकारी नियुक्ति विधिसम्मत गर्न विवेकशीलका तीन सुझाव

प्राज्ञिक पदाधिकारी नियुक्ति विधिसम्मत गर्न विवेकशीलका तीन सुझाव

नेपालखबर
असार ५, २०७७ शुक्रबार १२:५२,

विवेकशील नेपाली दलले प्राज्ञिक पदाधिकारी लगायतका नियुक्ति पद्धतीसम्मत गर्न माग गरेको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (आईओएम) मा प्रधानमन्त्रीको निजी चिकित्सक समेत रहेकी शिक्षण अस्पतालकी प्राध्यापक डा दिव्या सिंहलाई डिन नियुक्ति गरिएकोमा विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

चिकित्सा शिक्षा र स्वास्थको सुधारको लागि लामो समयदेखि संघर्ष गर्दै आएका सत्याग्रही डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सम्झौता आफैँले लत्याएको भन्दै विवेकशीलले तीन सुझाव पेश गरेको हो।

विवेकशीलले दलगत तथा गुटगत भागबण्डा बन्द गर्न, पदाधिकारी नियुक्तिमा परासर कोइराला समितिको प्रतिवेदन लागु गर्न र प्राज्ञिक निकायहरुमा अनुचित हस्तक्षेप नगर्न सरकारलाई सुझाव दिएको छ।

राज्यका प्राज्ञिक निकायहरु बलियो भए मात्र लोकतन्त्र बलियो हुने पनि सो दलले स्मरण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .