सशस्त्र प्रहरी टोलीले पर्साको बीरगञ्ज महानगरपालिका १६ स्थित मितेरी पुलबाट ९ बोतल कोरेक्ससहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही महानगरपालिका ३ बस्ने २८ वर्षिय अख्तर अली मनसुरी र २३ वर्षिय सोहेल मिया मनसुरी छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म पर्साबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त परिमाणको लागुऔषध फेला परेपछि पक्राउ गरिएको हो।
त्यसबेला एपीएफ टोलीले उनीहरुको साथबाट चार वटा मोबाइल सेटसमेत बरामद गरेको छ। एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागुऔषध र मोबाइल सेटसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ।
गाँजा बरामद
यता, धनुषा जिल्लाको नगराईन नगरपालिका १ स्थित हासपट्टीबाट एपीएफ टोलीले एक्जीप्लोन कफ सीरप ५० बोतल, नाईट्राभेट ट्याब्लेट १ सय ५ वटा र ६४ वटा स्पास्मो प्रोक्सीभन प्लस बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट फुलगामा र राजश्व वेश जनकपुरबाट खटिएको एपीएफ टोलीलाई देख्नासाथै लागूऔषध ल्याउने व्यक्तिहरु त्यसवेला उक्त लागूऔषध सोही ठाँउमा छाडि फरार भएका थिए।
बरामद लागुऔषध एपीएफ टोलीले जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको छ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको एपीएफ टोलीले असार ४ गते करिब पाँच केजी गाँजा बरामद गरेको छ। नेपालबाट अवैध रुपले भारततर्फ लैजादै गरेको अवस्थामा उक्त गाँजा एपीएफ टोलीले सर्लाही जिल्लाको ब्रम्हपुरी गाँउपालिका ५ ईनरुवा स्थित सीमा ईलाकाबाट बरामद गरेको हो। त्यसबेला गाँजा लैजादै गरेका व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा सोही ठाँउमा छाडि फरार भएका थिए।
प्रतिक्रिया