लमजुङ कारागारबाट भागेका कैदी पक्राउ परेका छन्। बुधबार दिउँसो ४ बजेतिर भागेका कैदी दिनेश परियार बिहीबार बिहान पक्राउ परेका हुन्।
उनलाई वेशीसहर नगरपालिका २ भकुण्डेबाट पक्राउ गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बताए।
परियार कर्तव्य ज्यानको मुद्दामा २० वर्ष कैद सजाय सुनाइएको थियो। उनले साढे सात वर्ष कैद भुक्तान गरिसकेका छन्। उनी कारागारको चौकीदार समेत हुन्। चौकीदार भएकै कारण उनलाई बाहिर जान आउन खुल्ला थिया, तर बुधबार भने नफर्किएपछि उनको खोजी सुरु भएको थियो।
घटना अनुसन्धानका लागि समिति बनाउने तयारी भइरहको कारागार व्यवस्थापन विभागले जनाएको छ।
3
Shares

प्रतिक्रिया