राजनीति


चीनले बिहीबार भन्योः सीमा अवस्था स्थिर र नियन्त्रणमा छ, भारतकै कारण झडप भयो

चीनले बिहीबार भन्योः सीमा अवस्था स्थिर र नियन्त्रणमा छ, भारतकै कारण झडप भयो

नेपालखबर
असार ४, २०७७ बिहिबार ९:१७,

यसैहप्ताको सोमबार राति लद्दाखको सीमा नजिक गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो।

बिहीबार चीनको विदेशमन्त्रालयले हाल सीमा अवस्था स्थिर र नियन्त्रणमा रहेको बताउँदै दुवै पक्ष विवाद समाधान गर्न तयार भएको बताएको छ।

बुधबार मात्र चीनले भारतीय पक्षले चिनियाँ भूमिमा प्रवेश गर्न खोज्दा झडप भएको बताउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेनाको बलिदान खेर नजाने बताएका थिए।

चिनियाँ विदेशमन्त्रालकी प्रवक्ता हुवा चुनयिङले बिहीबार भनेकी छिन्,‘भारतीय सैनिकले सहमति तोडे र वास्तविक नियन्त्रण रेखामा आएर चिनियाँ सेनालाई आक्रमण गरे जसले गर्दा हिंस्रक झडप सुरु भयो।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad