सीमा नजिक केसङमा विस्फोटनको आवाज सुनिकएको साथै धुवाँको मुस्लो उडेको देखिएको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ।
हालैका दिनमा उत्तरले दक्षिणसँगको सबै किसिमको सम्पर्क बन्द गरेको थियो। उत्तरले कोरियाली खबर दैनिक आदान प्रदान हुने सम्पर्क कार्यालय भत्काउने बताएको थियो।
उत्तरले दक्षिणको सीमा नजिक आफ्नो सम्पर्क कार्यालय केसङमा स्थापना गरेको थियो।
मंगलबार बिस्फोटको आवाज सुनिएपछि साथै धुवाँको मुस्लो देखिएपछि उत्तर कोरियाले सम्पर्क कार्यालय भत्काएको आशंका गरिएको छ।
सोमबार मात्र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले सम्पर्क कार्यालय बन्द गर्न नहुने र समस्या छलफलबाट टुंग्याउनु पर्ने बताएका थिए।
केही समययता दक्षिण कोरियाको भूमिबाट उत्तर कोरियाविरुद्धको गतिविधि बढेर गएको छ। उत्तरविरोधी शब्द लेखिएका लाखौं बेलुनहरु तथा पर्चाहरु उडाइएपछि उत्तर रुष्ट बनेको छ।
उत्तर कोरियाले त्यस्ता गतिविधि बढे सैन्य कारवाही गर्ने चेतावनी नै दिएको छ। हाल उत्तरले दुवै देशको तटस्थ क्षेत्र डिएमजेटमा सेना पठाउने बताइरहेको छ।

प्रतिक्रिया