कारोबार


माल्दिभ्स र श्रीलंकाबाट स्वदेश फर्किँदै १५४ नेपाली, यी हुन् आजका अन्य उडान

माल्दिभ्स र श्रीलंकाबाट स्वदेश फर्किँदै १५४ नेपाली, यी हुन् आजका अन्य उडान

नेपालखबर
असार २, २०७७ मंगलबार ७:३,

हिमालय एयरलाइन्सले श्रीलंका र माल्दिभ्सबाट १ सय ५४ जना नेपालीलाई स्वदेश ल्याउँदै छ। हिमालयको जहाजले विदेशबाट उद्धारको पहिलो उडानमार्फत माल्दिभस्बाट १ सय ४९ र श्रीलंकाबाट ५ नेपाली ल्याउनलागेको हो।

हिमालयको जहाज श्रीलङ्काको कोलम्बो उडान गरेको छ। कोलम्बो जाँदा उसले ४१ जना लिएर पनि गएको छ। उक्त जहाजमा ५ जना कोलम्बोबाट माल्दिभ्सको माले जाने र त्यहाँबाट काठमाडौं १ सय ४९ सहित कुल १ सय ५४ जना नेपाली बोकेर फिर्ता आउने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका हुन् ।

हिमालय एयरलाइन्सले सोमबार विभिन्न गन्तव्य समयतालिका सार्वजनिक गर्दै भाडा तय गरेको छ। माले र कोलम्बोको चार्टर्ड उडानको भाडा ३८० डलर रहेको उल्लेख गरेको छ।

त्यसैगरी आज हिमालयको कार्गो जहाज चीन उडान गरेको छ। उक्त जहाज साझ स्वास्थ्य सामग्री लिएर फर्किनेछ। कतार एयरवेजको जहाजले पनि स्वस्थ्य सामग्री लिएर त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।

त्यस्तै कोरियन एयरले कार्गो लिएर बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। उक्त एयरले २ सय ३६ जना यात्रु बोकेर कोरिया जाने प्रवक्ता क्षेत्रीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad