आईएमई लिमिटेडले कोरोना भाइरस (कोभिड(१९)को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिट्यान्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि ‘आइएमई घरमै– रू. १ लाख जितौं’ भन्ने उपहार योजना ल्याएको छ।
सामान्य अवस्थामा नेपालभित्र गरिने रेमिट्यान्स वा विदेशबाट आएको रेमिट्यान्सलाई एजेन्टकहाँ गई रकम लिन सकिने भए पनि हाल बाहिर निस्किँदा सङ्क्र्रमणको जोखिम हुने भएकाले आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी यो सेवाग्राहीमुखी योजना सार्वजनिक गरिएको हो।
यसअन्तर्गत जेठ ३१ गतेबाट सुरू गरिएको ‘आइएमई घरमै’ उपहार योजनाबाट आईएमई गरिएको रकम आईएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई १ लाख प्रदान गरिनेछ।
त्यसैगरी हरेक हप्ता ५ जनालाई जनही रू. ५ हजार प्रदान गरिनेछ। सेवाग्राहीमुखी यो योजना असारको अन्त्यसम्म मात्र लागू गरिएको छ ।
स्वदेश तथा विदेशबाट आईएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा ५० रुपैयाँ बोनसस्वरूप प्राप्त गर्न सकिनेछ। विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया