समाज


विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन हिँडेका गाउँपालिका अध्यक्षको दुर्घटनामा निधन

विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन हिँडेका गाउँपालिका अध्यक्षको दुर्घटनामा निधन

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ७:२२,

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा निधन भएको छ।

 आइतबार बिहान बर्दघाटमा भएको गाउँपालिकाको लु १ झ ३७० नम्बरको सवारी  दुर्घटनामा अध्यक्ष शर्माको निधन भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीका प्रमुख एसपी अजय केसीले बताए।

सो सवारी साधन  अनियन्त्रित भई बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा  खसेकाे थियाे।  दुर्घटनामा गम्भीर घाइते भएका अध्यक्ष शर्माको उपचारका लागि चिसापानी सामुदायिक अस्पताल चौपत्ता ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको एसपी केसीले जानकारी दिए।

दुर्घटनामा प्रतापपुर गाउँपालिका ...

अध्यक्ष शर्मा गाउँपालिकाबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी जाने क्रममा सो दुर्घटना भएको भएको हो।

‘सो सवारीसाधन अनियन्त्रित भई सडकबाट तल खसेको देखिन्छ’, एसपी केसीले नेपालखबरसँग भने, ‘दुर्धटनामा गम्भीर घाइते हुनुभएका शर्माको उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो।’

 सो दुर्घटनामा सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर घाइते भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad