राजनीति


कांग्रेस सांसदको प्रश्न : यो सरकारको नैतिकता कहाँ छ?

कांग्रेस सांसदको प्रश्न : यो सरकारको नैतिकता कहाँ छ?

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ७:१४,

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारले कोरोना रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद केसीले सरकारले केही काम गर्न नसक्ने र १० अर्बको खर्च देखाउने गर्दा नागरिकहरु विरोधमा उत्रिनुपरेको बताए।

उनले नेपाल एयरलाइन्स चाटर्ड गर्ने नाउँमा ६÷७ गुणा बढी पैसा पीडितबाट असुलेको आरोप समेत लगाए। सरकारका यस्ता गतिविधिबाट नागरिकहरु आफैँ सडकमा आई सरकार फाल्नुपर्ने अवस्था आयो भने लोकतान्त्रिक पार्टीका लागि शुभसंकेत नहुने बताए।

‘आज नेपाल एयरलाइन्सको प्लेन चार्टडको नाउँमा यहाँका ट्राभल एजेन्सीहरुबाट ६÷७ टाइम्स भन्दा बढी पैसा असुली भइराखेको छ, यहाँ बोल्न नपर्ने? सरकारले जनतालाई जे भनेपनि हुने जनताले सहिरहनु पर्ने? फेरि हामी चुप लाग्नुपर्ने?’, उनले भने, ‘अत्यन्त भयाभह अवस्था छ। यदि सडकबाट जनताले सरकार फाल्नु प¥यो भने लोकतन्त्र पार्टीको लागि शुभसंकेत हुँदैन।’

३३ किलो सुनकाण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेसलगायतका विषयमा अझै छानविन नगरी बसेकाले सरकार पूर्णरुपमा भष्ट्राचारको संरक्षक भएको प्रमाणित भएको बताए। ‘हामीले कहाँ सहयोग गरेनौं सेक्युरिटी प्रिन्टिङ प्रेसमा हामीले भन्यौं अहिले बेला होइन भनेर अहिले छताछुल्ल भएको छ । मन्त्रीले त ७० करोड रुपैयाँ माग्नुभयो भनेर आज राजीनामा गरेको अवस्था छ’, उनले भने, ‘यो सरकारको नैतिकता कहाँ छ? अझ प्रतिपक्षले सहयोग गरेन प्रतिपक्ष अहिष्णु भयो भनेर भन्नुहुन्छ। लोकलाज त राखिदिनुहोस प्रधानमन्त्री ज्यू।’

उनले सरकारले केही पनि काम गर्न नसक्ने तर त्यसको दोष कांग्रेसलाई लगाउने गरेको बताए। उनले काम गर्न नसक्ने प्रधानमन्त्रीले प्रतिपक्षीले काम गर्न दिएन भन्ने अभिव्यक्ति दिन लोकलाज मान्नुपर्ने बताए। ‘प्रधानमन्त्री ज्यु लोकलाज त राख्नुस्, कांग्रेसले कहाँ सहयोग गरेको छैन्?’, उनले भने, ‘हामीले भन्यौं वाइडबडीमा भष्ट्राचार भएको छ । महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा अनियमितता भएको छ। साढे चार अर्बको भ्रष्टाचार भएको छ, तपार्इं हेर्दिनुहोस्। प्रधानमन्त्री ज्यूले भन्नुभयो, उहाँले फैसला नै दिनुभयो– भष्ट्राचार भएको छैन भनेर।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad