समाज


बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अध्यक्षविहीन

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अध्यक्षविहीन

नेपालखबर
असार २९, २०७६ आइतबार ७:३९,

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा गत असोज ३ गतेबाट रिक्त रहेको अध्यक्ष पदमा अझै नियुक्ति हुनसकेको छैन।

अध्यक्ष अभावका कारण एशियाकै नमूना अस्पतालको रुपमा विकास गर्न लागिएको यो अस्पतालको व्यवस्थित विकासमा बाधा पुग्ने देखिएको छ।

डा. प्रकाशचन्द्र न्यौपानेले आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेसँगै विभिन्न व्यक्तिको नाम चर्चा चलेपनि सरकारले यसको टुंगो लगाउन सकेको छैन। स्वास्थ्यमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्ले अध्यक्षको नियुक्ति गर्ने प्रावधान छ।

अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार एम डी. गरेर क्यान्सर अस्पतालमा १५ वर्ष वा बाह्य अस्पतालमा २० वर्ष काम गरेको अनुभव भएका व्यक्ति मात्र अध्यक्षका लागि योग्य हुने अस्पतालको नियमावलीमा उल्लेख छ। सबै योग्यता पुगेका व्यक्ति कम भएकाले पनि अध्यक्षको टुंगो लाग्न ढिला भएको बताइएको छ।

आचार्यले अहिले सबै निर्णय सञ्चालक समितिको बैठकमार्फत गरिँदै आएको जानकारी दिए। काम नरोकिए पनि छलफल गरेर काम गर्न नपाएको उनको भनाइ छ।

यसैगरी कतिपय विषयमा पहल गर्ने कुरा र जिम्मेवारीका विषयमा समेत अफ्ठ्यारो परेको आचार्यले बताए। सञ्चालक समितिमा १४ सदस्य रहेका छन्। हरेक दुई दुई महिनामा बैठक बस्नुपर्ने हुन्छ।

अध्यक्षको रिक्ततासँगै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बैठक बस्ने गरेको छ। पछिल्लो समय अस्पताल सुधारको गतिमा अगाडि बढिरहेको अवस्थामा अध्यक्षको चयन छिटो भएमा अस्पताललाई अझ सुदृढ बनाउन सहयोग पुग्ने बताइएको छ।

अस्पतालमा छिमेकी देश भारत र नेपालभरबाट उपचारका लागि यहाँ बिरामी आउने गर्दछन्। चीन सरकारको सहयोगमा यो अस्पताल स्थापना भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad