समाज


गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८८ पुग्यो

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८८ पुग्यो

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार ४:४०,

गण्डकी प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र नवलपुरमा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको हो।

नयाँ संक्रमित तीन वर्षदेखि ६६ वर्षसम्मका पुरुष छन्। स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथामका लागि गठित उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा.विनोदविन्दु शर्माका अनुसार स्याङ्जाको गल्याङ नगरपाालिकाका ६६, ४४, १६, २०, १८, २९, ३५, २३, १५, ४५, २५, २०, ३१, २५, २०, २०, २४ र ३५ वर्ष उमेरका गरी १८ र वालिङ नगरपालिकाका ३३ र ३५ वर्ष तथा अर्जुन चौपारी गाउँपालिकाका तीन वर्षका एक र अर्को चार वर्षका एक बालकमा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी संक्रमित हुनेमा पर्वतको कुस्मा नगरपालिका–१० मध्ये १९, २३, २९, ३७, ४५, २८, २० र २८ वर्षीय पुरुष छन्। अर्का एक जनाको उमेर खुलेको छैन। ३५ वर्षका एक पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अन्य सङ्क्रमित पैँयु गाउँपालिकाका २० र विहादी गाउँपालिका ३५ वर्षका छन्।

तनहुँको घिरिङ गाउँपालिकाको १९ वर्षका र नवलपरासीको मध्यविन्दु नगरपालिकाका १७ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशक शर्माले जानकारी दिए। सङ्क्रमितलाई सम्बन्धित जिल्लाको जिल्ला अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको छ। हालसम्म गण्डकीका मनाङ र मुस्ताङबाहेक अन्य नौ जिल्लामा कोभिड–१९ सङ्क्रमित फेला परेका छन् । गण्डकी प्रदेशमा जम्मा सङ्क्रमितको संख्या १८८ पुगेको छ।

स्याङ्जामा ६०, बागलुङमा ४०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ३८, गोरखामा १५, पर्वतमा २२, कास्कीमा पाँच, तनहुँमा चार, म्याग्दीमा तीन र लमजुङमा एक सङ्क्रमित छन्।

गण्डकी प्रदेशका गत चैत १५ गते बाग्लुङकी एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण देखिएको थियो। हालसम्म सङ्क्रमितमध्ये ११ जना उपचारपछि निको भएपछि घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सङ्क्रमितमध्ये स्याङ्जाका एक जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad