चितवन मेडिकल कलेजमा उपचार गराइरहेका एक किशोरका आफन्तले आफ्नो बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोफोड गरेका छन्।
उनीहरुले अस्पतालको सघन उचारकक्ष बाहिर तोडफोड गरेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार तोडफोड गर्ने तीन जनालाई पक्राउ गरेर छाडिएको छ।
उनीहरुले ढुङ्गा प्रहार गर्दा सघन उपचारकक्षको बाहिरको सिसा फुटेको अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनका अनुसार भरतपुर महानगरपालिका–२२ पदमपोखरीका १७ वर्षीय युवक आशिष सुनारको एपेन्डीसाइडको शल्यक्रियापछि उपचार भइरहेको छ।
कलेजका अध्यक्ष प्रा.डा.हरिशचन्द्र न्यौपानेका अनुसार ती युवकको जटिल प्रकृतिको एपेण्डिक्स भएको हो।
हाल उनको सघन उपचारकक्षमा उपचार भइरहे पनि बुझ्दै नबुझी मृत्यु भएको भनेर आफन्तले अस्पतालमा तोडफोड गरेको उनले बताए। कोही कसैको लहैलहैमा हुने यस्ता समस्याले गर्दा अस्पतालमा कार्यरत चिकित्सकको मनोवल घट्ने उनको भनाई छ।
चिकित्सकले जानीजानी लापरवाही नगर्ने भन्दै डा. न्यौपानेले समस्या परे जो कोहीले कानूनको बाटो रोज्नुपर्ने बताए। ‘कोरोना सङ्क्रमणको समयमा ज्यान जोखिममा राखेर काम गर्ने चिकित्सकको मनोवल गिराउने काम गर्नु हुँदैन,’ उनले भने।
–

प्रतिक्रिया