ad ad

समाज


पीसीआर परीक्षण माग गर्दै आरडीटी पोजेटिभ आन्दोलनमा

पीसीआर परीक्षण माग गर्दै आरडीटी पोजेटिभ आन्दोलनमा

नेपालखबर
जेठ २८, २०७७ बुधबार १२:४२,

कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको आइसोलेशन वार्डमा बसिरहेका आरडीटी पोजेटिभ भएकाहरू पीसीआर परीक्षण माग गर्दै सडक आन्दोलनमा उत्रिएका छन्।

नगरपालिकाले स्थानीय घोडाघोडी बहुमुखी क्याम्पसमा सञ्चालन गरेको आइसोलेशन वार्डमा बसेका आरडिीटी पोजेटिभ भएकाहरू लामो समय भइसक्दा पनि पीसीआर परीक्षण नगरिएको, प्लाष्टिकको चामल खुवाइएको, चर्को गर्मी विद्युत् व्यवस्थापन नभएको, खानेपानीको समस्या रहेको र बारम्बार आग्रह गर्दा पनि कुनै व्यवस्थापन नगरिएको आरोप लगाउँदै आन्दोलित भएका हुन्।

आइसोलेशन वार्डमा बसिरहेका घोडाघोडी–९ का केवल बटालाले पटक पटक जानकारी गराउँदा पनि कसैले वास्ता नगरेको र अति भएर सडकमा आउनुपरेको बताए।

प्रदेशभरि नै स्वाब संकलन रोक्न निर्देशन भएअनुसार घोडाघोडीमा पनि रोकिएकाले पीसीआर परीक्षणमा समस्या भएको नगर प्रमुख ममताप्रसाद चौधरीले बताए। उनका अनुसार स्वाब संकलन गर्न भिटिएमको समस्या छ। अब नगरपालिकाले आफैँ भिटिएम खरीद गरेर स्वाब संकलन गर्छ र परीक्षणका लागि पठाउँछ।

सामुदायिक क्याम्पसलाई आइसोलेशन वार्ड बनाउँदा व्यवस्थापनमा समस्या भएको नगरप्रमुख चौधरीले बताए। ‘प्लास्टिकको चामल खुवाइएको भनिएको छ हामी त्यसको छानबिन गर्छौं यदि त्यस्तो भेटिएमा जिम्मेवारीमा रहेकालाई कारवाही गर्छौं’, नगर प्रमुख चौधरीले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .