ad ad

समाज


सिरहामा २० संक्रमित निको भए, थप १२ जनामा संक्रमण पुष्टि

सिरहामा २० संक्रमित निको भए, थप १२ जनामा संक्रमण पुष्टि

नेपालखबर
जेठ २८, २०७७ बुधबार १:३०,

सिरहाबाट २० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालबाट २० जना संक्रमित कोरोनालाई जितेर मंगलबार घर फर्किएका हुन्।

अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २६ मध्ये एकै दिन २० जना कोरोनाबाट मुक्त भएर घर फर्किएका अस्पतालका मेसु डा.सुभाष मण्डलले जानकारी दिए।

विभिन्न मितिमा कोरोना सङ्क्रमण पुष्टि भई अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकामध्ये सिरहाका १९ र सप्तरीका एक जना उपचारपश्चात निको भएर घर फर्किएका मण्डलले बताए।

निको भएकालाई अस्पतालका मेसुसहित चिकित्सकले फूलमाला लगाएर बिदाई गरेका थिए। ‘बाँकी छ जनाको पनि स्वास्थ्य अवस्था समान्य ५, केही दिनभित्रै उनीहरु पनि घर फर्किंदैछन,’ मण्डलले भने।

यसैबीच एकै दिन सिरहामा थप १२ कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न गाउँपालिकामा मङ्गलबार थपिएका सबै सङ्क्रमितलाई बुधबार महेन्द्र गेनाइ मेमोरियल अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँले जानकारी दिए।

सिरहा नगरपालिकाका १०, सुखीपुर नगरपालिका र बरियारपट्टी गाउँपालिका एक–एक गरी १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रजिअ गुरागाईँले बताए। योसँगै सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या ६१ पुगेको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .