ad ad

समाज


डब्लूएचओ भन्छः लक्षण नदेखिएका संक्रमितबाट अर्काेमा कोरोना सरेको पाइएन

डब्लूएचओ भन्छः लक्षण नदेखिएका संक्रमितबाट अर्काेमा कोरोना सरेको पाइएन

नेपालखबर
जेठ २८, २०७७ बुधबार १:२०,

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले लक्षण नै नदेखिईकन कोरोना पुष्टि भएका व्यक्तिबाट अर्काेलाई संक्रमण सरेकाे घटना दुर्लभ भएकाे बताएको छ।

लक्षण नदेखिएका कोरोना संक्रमितको संख्या बढिरहेका बेला डब्ल्यूएचओ लक्षणविहीन बिरामीबाट अर्काे व्यक्तिमा भाइरस नसर्ने देखिएकाे जानकारी गराएको हो।

डब्ल्यूएचओको आपतकालीन रोग तथा जुनोसिस युनिटकी प्रमुख डा. मारिया भान क्रेकोभले विशेषगरी युवा र स्वस्थ व्यक्तिलाई कोरोना भाइरस पोजेटिभ देखिए पनि उसमा हत्तपत्त लक्षण नदेखिने, संक्रमण पुष्टि भएको धेरै समयपछि मात्र देखिने बताइन्।

उनले भनिन्, ‘सुरुका दिनका आँकडाले संक्रमितमा कुनै लक्षण नदेखिए पनि कोरोना भाइरस एक व्यक्तिबाट अर्काेमा सर्ने देखिएको थियो तर लक्षणविहीन संक्रमितबाट भाइरस सरेको प्रमुख माध्यम र कारण नरहेको पाइयो।’

संयुक्त राष्ट्र संघको ब्रिफिङमा उनले आफूहरूलाई प्राप्त आँकडाअनुसार लक्षण नदेखिएका कोरोना संक्रमितबाट दोस्रो व्यक्तिमा भाइरस सरेको घटना दुर्लभ रहेको उनले बताइन्।

लक्षणविहीन संक्रमितबाट दोस्रो व्यक्तिमा भाइरस सर्छ भन्ने प्रमाणका लागि अझ धेरै अनुसन्धानको खाँचो देखिएको उनको भनाइ छ।

‘हामीलाई त्यस्ता राष्ट्र जसमा लक्षणविहीन संक्रमित धेरै छन्, तिनले विस्तृत विवरणका साथ कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट बुझाएका छन्, जसअनुसार लक्षणविहीन संक्रमितबाट संक्रमण सरेको केस एकदमै दुर्लभ पाइएको छ,’ मारियाले भनिन्, ‘यदि लक्षणविहीन संक्रमितबाट अन्यमा सर्देन भने राष्ट्रले कोरोना रोकथाम र नियन्त्रणका लागि अर्काे नीति बनाउनुपर्ने देखिन्छ।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .