रुसको एक अस्पतालका कर्मचारी तथा बिरामी गरी ७ सय जनाका कोरोना संक्रमण भएको पाइएको छ।
रुसको पिटर्सबर्गस्थित भ्रेडन अस्पतालका चिकित्सकसहित सबै कर्मचारी र बिरामीमा कोरोना संक्रमण देखिएको हो।
बीबीसीका अनुसार गत अप्रिलको सुरुमा एक जना बिरामीमा निमोनिया देखिएको थियो। जब उनमा कोरोना पुष्टि भयो तबर अस्पताल बन्द गरियो र क्वारन्टिन बनाउन निर्देशन दिइयो।
त्यसपछि अस्पतालमा कार्यरत कर्मचारी र बिरामी गरी ७ सयभन्दा बढी व्यक्तिलाई ५ साताका लागि त्यहीं बन्द गरेर राखियो। जसले गर्दा अहिले ती सबैजसोमा संक्रमण देखिएको बीबीसीले उल्लेख गरेको छ।
खबरअनुसार अहिलेसम्म कम्तीमा दुई चिकित्सक र दुई बिरामीको मृत्यु भएको छ। तर सेन्ट पिटर्सबर्गका अधिकारीले आधिकारिक तथ्यांक सार्वजनिक गरेका छैनन्।
यसअघि कहिल्यै नभएको यो घटनाबारे केही बिरामी र कर्मचारीले क्वारन्टिन स्थल बनाइएको अस्पतालमा रहँदाको कटु अनुभव सामाजिक सञ्जालमा सेयर गरेका छन्।

प्रतिक्रिया