चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ६ जना नयाँ संक्रमित फेला परेका छन्।
तीमध्ये ५ जनाका कुनै लक्षण नै नदेखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
समाचार संस्था रोयटर्सका अनुसार यसको तीन दिनअघि पनि नयाँ संक्रमित फेला परेका थिए।
अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार चीनमा अहिलेसम्म ८४ हजारभन्दा बढी मानिसलाई कोरोनाको संक्रमण भइसकेको छ भने तीमध्ये ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया