समाज


विदेशमा कोरोनाका कारण १२५ नेपालीको मृत्यु, संक्रमण दरमा भने ७५ प्रतिशत कमी

विदेशमा कोरोनाका कारण १२५ नेपालीको मृत्यु, संक्रमण दरमा भने ७५ प्रतिशत कमी

नेपालखबर
जेठ २५, २०७७ आइतबार ११:२३,

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस संक्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र संक्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ।

शनिबार साँझसम्म विदेशमा १२५ जनाको सो संक्रमणबाट मृत्यु भएको र पाँच हजार ५९० जना संक्रमण मुक्त भएका छन्। संक्रमण दर गतसाताभन्दा ७५ प्रतिशतले कमी आएको जनाइएको छ।

एनआरएनएका संयोजक डा सञ्जीव सापकोटाका अनुसार गत हप्ता कतारमा चार जना, कुबेत र युकेमा एक÷एक गरी ६ जनाले ज्यान गुमाएका थिए।

विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका सो सस्थाले जनाएको छ। सो भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुबेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्याण्ड र स्विडेनमा रहेका नेपालीको मृत्यु भएको छ।

संयोजक सापकोटाका अनुसार विदेशमा १४ हजार ४५४ जना नेपाली कोरोनाबाट संक्रमित भएका छन्।

सरकारले मित्रराष्ट्र भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्यको शुरुआतको सो सस्थाले स्वागत गरेको छ। एनआरएनएका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागत योग्य भएको बताए।

सरकारले लकडाउन भएको ७४ दिनपछि सरकारले पहिलोपटक बर्मा २६ र युएईबाट १६८ जना नेपाली फर्काएको छ। विदेशबाट नेपाल फर्किन लागेका अन्य नेपालीको फिर्ता प्रक्रियालार्ई व्यावहारिक बनाउन एनआरएनएले आग्रह समेत गरेको छ।

अध्यक्ष पन्तले नेपालीको फिर्तीका लागि भोगेका समस्याका बारेमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गर्ने जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad