ad ad

समाज


रौतहट इटाभट्टा काण्ड : थप एक अभियुक्त पक्राउ

रौतहट इटाभट्टा काण्ड : थप एक अभियुक्त पक्राउ

नेपालखबर
जेठ २५, २०७७ आइतबार ८:५८,

रौतहटको राजपुरस्थित फरहदवाको बम बस्फोटका घाइतेलाई जिउँदै इटाभट्टामा जलाउनेमध्येका थप एक अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको सिम्रोनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति साह रहेका छन्।

उनलाई प्रदेश नम्बर २ को प्रहरी टोलीले शनिबार पक्राउ गरेको प्रदेश २ का प्रहरी प्रमुख (डीआईजी) धीरजप्रताप सिंहले बताए।

साह मिस्त्री रहेकै इँटा भट्टामा जिउँदै मान्छे हालेर जलाइएको प्रहरीले जनाएको छ।

संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते रौतहटको फरहदवामा भएको विस्फोटका २२ जनालाई ज्यूँदै इँट्टाभट्टा जलाएको घटनामा दोषी करार भइ पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहमद हफताब आलम पुर्पक्षका लागि थुनामा छन्।

सोे घटनाका अन्य केही दोषीहरु अझै फरार रहेको र उनीहरुको खोजी प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .