ad ad

राजनीति


सांसद रायमाझीको प्रश्नः स्वास्थ्यकर्मीसँग मास्क छैन, कहाँ खर्च भयो १० अर्ब?

सांसद रायमाझीको प्रश्नः स्वास्थ्यकर्मीसँग मास्क छैन, कहाँ खर्च भयो १० अर्ब?

नेपालखबर
जेठ २५, २०७७ आइतबार ९:१,

नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको रकमको विवरण सार्वजनिक गर्न माग गरेका छन्।

संघीय संसद राष्ट्रिय सभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य रायमाझीले सरकारले खर्च भयो भनेर मात्रै नपुग्ने भन्दै खर्चको विवरण जानतासामु सार्वजनिक गर्न माग गरेका हुन्।

उनले भने, ‘सरकारले अहिले कोरोनाको उपचारमा १० अर्ब भन्दा बढी खर्च हुने अवस्थामा पुग्यो खर्च भइसक्यो भनेर जुन कुरा गरिरहेको छ। हाम्रो सार्वजनिक खरिद ऐनले पाँच लाख भन्दा बढीको कुनैपनि आर्थिक कारोबार गर्दाखेरी त्यसलाई बोलपत्रआव्हान मार्फत गर्नुपर्छ भनेर भन्छ। यो कतिपल्ट कहाँकहाँ आह्वान गरियो र कसरी यसको कोरोनामा पैसा खर्च भयो। यो नेपाली जनताले जान्न पाउने कि नपाउने, यो सबैले जान्न पाउने कि नपाउने, खर्च भयो भनेर पुग्ने कि नपुग्ने। त्यसकारण पनि सरकारले जुन खर्च देखाएको छ। यो खर्चको विवरण फेहरिस्त रुपमा आउन प-यो भनेर माग गर्न चाहन्छु।’

उनले १० अर्ब खर्च हुँदा समेत स्वास्थ्यकर्मीसँग मास्क नहुने, पीपीई नहुने अवस्था भएको बताए। त्यस्तै आइसोलेसन सेन्टरको अवस्था पनि कमजोर हुनु र पीसीआर परीक्षण नगर्ने सरकारले कसरी १० अर्ब खर्च ग-यो भन्दै प्रश्न गरे।

उनले सरकारले कोरोना नियन्त्रणका लागि काम गर्न नसकेकै कारण मान्छेको मृत्यु भएपछि मात्रै परीक्षण गर्ने र पोजेटिभ रिजल्ट देखाउने गरिएको बताए, उनले भने, ‘जब मान्छेको मृत्यु हुन्छ अनि मात्र उसको कोरोनाबाट मृत्यु भएको भनेर पोजेटिभ रिजल्ट देखाइन्छ। हाम्रो प्रविधि कस्तो खालको प्रविधि हो? हामीले कहाँबाट ल्याएको प्रविधि हो? किन यस्तो हुन्छ। एउटा मान्छे विरामी भएर कोरोनाको चापमा परिसकेपछि उसलाई भेन्टीलेटरमा राखेर उसको उपचार गर्नुको सट्टा मृत्यु भइसकेपछि मात्रै हामी प्रमाणित गर्न खोजिरहेको छौं।’

उनले सरकारले सहयोग स्वरुप पाएको स्वास्थ्य सामग्रीहरुलाई बाजरमा कालाबजारीको हातमा पु¥-याएर बिक्री गरिरहेको बताए। उनले चीन भारत र एनआरएनएहरुले सहयोगमा दिएको सामग्रीहरु व्यापारीको हातमा पु¥याई बिक्री गर्न सरकरका मन्त्री र सचिवहरु नै लागेको बताए।

उनले भने, ‘बजारमा स्वास्थ्य सामग्रीहरु खुद्रा पसलहरुले बेच्न पाइराखेका छैनन्। तर केही फेसबुकमा आउँछ पीपीई चाहियो भने, मास्क चाहियो भने हाम्रो फलानो नम्बरमा सम्पर्क गर्नुहोस् भनेर त्यस्ता कालाबजारीयाहरुलाई सरकारले रोक्ने कि नरोक्ने? त्यसलाई पक्रेर कारबाही गर्ने नि नगर्ने? सरकार मतियार भइरहेको छ तिनको। सरकारलाई चीनले भारतले एनआरएनहरुले दिएका सरकारका मन्त्री सचिवहरुलाई दिएका सामग्रीहरु ति व्यपारीहरुको हातमा पुगेको छ। तिनले बेचिरहेका छन आज हामीले ति मान्छेहरुसँग सोद्धा खेरी कहाँबाट आयो भन्दा माथिल्लो निकायबाट आयो भनेर जवाफ दिइरहेका छन् ।’

उनले सरकारले मानिसहरुलाई मान्छे जस्तो नगरी पशु व्यवहार गरेको बताए। उनले भने, ‘मानवलाई मानव गनेनौं पशु व्यवहार ग-यौं। आज क्वारेन्टिानमा बसेका मन्छेहरुको मृत्यु भइरहेको छ। तर हामीले फर्केर हेरिरहेका छैनौं। यो सरकार नागरिककको अविभावक हो कि होइन? नागरिकको जिम्मा लिनु पर्छ की पर्दैन? सरकारले जिम्मा लिइहरको छैन।’

यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले बजेट बनाउँदा व्यवसायीहरुसँग मिलेर कमिसन लिएको बताए। उनले केही ठूला व्यापारीक घरानासँग मिलेर अर्थमन्त्री खतिवडाले चक्लेट र विद्युतीय सवारीमा कर बढााएको बताए। उनले सरकारले बेवास्ता गरेका व्यवसायीहरुलाई कर तिर्नका लागि ऋण दिन अर्थमन्त्रीलाई आग्रह गर्दै त्यसको जमानी आफू बस्ने समेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .