त्यसको एउटै कारण हो अफ्रिकी मूलका अमेरिकी नागरिक जोर्ज फ्लोएडको मृत्यु।
प्रहरीको नियन्त्रणमै रहेका क्रममा फ्लोएडको मृत्यु भएको थियो। तीन प्रहरीको साथमा प्रहरी अधिकारी डेरेक चौविनले हथकडी लगाएकै अवस्थामा फ्लोएडको घाँटीमा घुडाले झन्डै ९ मिनेट थिचेका थिए।
त्यसपछि फ्लोएडको मृत्यु भएको थियो। हाल फ्लोएडको घाँटीमा घुँडाले थिच्ने प्रहरी डेरेककी श्रीमतीले डिभोर्स माग गरेकी छिन्।
डेरेकविरुद्ध अमेरिकाभर आन्दोलन भइरहेको समयमा केली चौविनले डेरेकको श्रीमती नहुने भन्दै सम्बन्ध विच्छेदको माग गरेकी हुन्।
केलीले आफ्नो थर परिवर्तनको पनि माग गरेको सीएनएनले जनाएको छ।

3
Shares

प्रतिक्रिया