खेल


बढुवा भएका एपीएफका चार खेलाडीलाई दर्ज्यानी चिन्ह प्रदान

बढुवा भएका एपीएफका चार खेलाडीलाई दर्ज्यानी चिन्ह प्रदान

नेपालखबर
जेठ २२, २०७७ बिहिबार १२:४४,

नेपाल एपीएफ क्लबकी कप्तान तथा राष्ट्रिय टोलीकी पूर्व फरवार्ड अनु लामा हवल्दारमा बढुवा भएकी छिन्। अनुसँगै राष्ट्रिय टोलीका पूर्व खेलाडी भगवती थापा, रञ्जना दर्जी र रिता आले पनि हवल्दारमा बढुवा भएका छन्।

बढुवा भएका उनीहरुले बिहीबार दर्ज्यानी चिन्ह प्राप्त गरे। यसअघि चारै जना सहायक हवल्दार थिए। 

अनु महिला फुटबलमा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा छिन्। राष्ट्रिय टोलीका लागि उनले ३५ गोल गरेकी छिन्। उनी भन्दा अगाडि एपिएफकै सावित्रा भण्डारी साम्बा (३८) ले गोल गरेकी छन्।

anu-lama.png

२०६३ मा एपीएफमा आबद्ध भएकी अनु बढुवा हुँदा निकै खुसी लागेको सुनाउँछिन्।

उनले भनिन,‘फुटबलका माध्यमबाट विभागलाई पुर्याएको योगदानको कदर भए जस्तो महसुस भएको छ। हिजो मात्रै आए जस्तो लाग्छ समय बितिसकेछ। फुटबल र विभागकै कारण आज यहाँ छु।’

घरेलु फुटबलमा अझै केही वर्ष सक्रिय रहने योजनामा रहेकी अनुलाई गत वर्ष अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा डे का अवसरमा उत्कृष्ट महिला खेलाडीबाट सम्मान गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad