समाज


भारतबाट आएका कञ्चनपुरका २१ जनामा आरडीटी पोजिटिभ

भारतबाट आएका कञ्चनपुरका २१ जनामा आरडीटी पोजिटिभ

गोकुल जोशी
जेठ २२, २०७७ बिहिबार १२:३५,

लकडाउनकै बीचमा भारतबाट आएर क्वारेन्टिनमा बसेका कञ्चनपुरका २० जनामा र्‍यापिट डाइगनिस्टक टेस्ट (आरडीटी)बाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका र बेलौरी नगरपालिकको क्वारेन्टिनमा बसेका २० जनामा आरडीटी पोजेटिभ देखिएको हो। बिहीबार शुक्लाफाँटा नगरपालिका–९ का ३ जना, ११ का २ जना र १, ६, र १२ का एक÷एक जनामा आरडीटी पोजिटिभ देखिएकोे नगरपालिकाका कोभिड–१९ फोकल पर्सन प्रमानन्द भट्टले बताए।

उनका अनुसार बुधबार वडा नम्बर ७ र ८ का एक÷एक जनामा पनि आरडीटी पोजेटिभ देखिएको थियो। ‘आज १४६ जनामा आरडीटी परीक्षण गर्दा ८ जनामा पोजेटिभ देखिएको छ’, उनले भने, ‘चार जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको छ।’ यस्तै बेलौरी नगरपालिका–१० कुन्डास्थित सिद्धेश्वर माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ११ जनामा आरडीटी पोजेटिभ देखिएको छ।

अहिले ती मानिस क्वारेन्टिनमा नै छन्। आरडीटी पोजेटिभ देखिएकाहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन हुने स्वास्थ्य कार्यालयले जनाएको छ। आरडीटी परीक्षणबाट शरीरमा एन्टिबडी रहे÷नरहेको जाँच गरिन्छ। आरडीटी रिपोर्टले नै कोरोना संक्रमण निक्र्यौल गर्दैन। आरडीटी पोजिटिभ आएपछि पीसीआर परीक्षण गर्ने गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad