काभ्रेमा बाख्रा र बोका चोरीमा संलग्न दुई जना पक्राउ परेका छन्। उनीहरुलाई दुई गाडीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
रोशी गाउँपालिका-७ स्थित विवेक तामाङको बाख्राको खोरबाट तीनवटा बोका र चारवटा बाख्रा चोरी गरेको आरोपमा प्रहरीले रोशी ९ का सजिन शाह ठकुरी र धुलिखेल नगरपालिका-२ रविओपीका डिलबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।
उनीहरुलाई इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको अनुसन्धान टोलीले नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीबाट पक्राउ गरेको हो।
प्रहरीले बाख्रा र बोका चोरीमा प्रयोग भएको बा १६ च ८८३० र बा१४च ६८५७ नम्बरको बोलेरो पनि नियन्त्रणमा लिएको छ। दुबैलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया