काठमाडौंको बालाजुमा बुधबार राति भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ।
नयाँ वसपार्क नजिकै बिजी मल अगाडि भएको दुर्घटनामा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले जानकारी दिए।
गोगंबुबाट बालाजुतर्फ जाँदै गरेको बा २ ख ५४ ८४ नम्बरको मिनी ट्रकले ना ६५ प २००१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको डिएसपी लम्सालले नेपालखबरलाई जानकारी दिए। उनीहरु दुबै स्कुटरमा सबार थिए।
दुर्घटनापछि भागेका मिनी ट्रकका चालकलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका इन्सपेक्टर सन्तोषकुमार दाहालले बताए।

प्रतिक्रिया