कारोबार


बजेट: अब लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यमले पनि पाउने

बजेट: अब लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यमले पनि पाउने

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार ४:४३,

सरकारले आगामी वर्षबाट सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यमलाई पनि दिने भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७र०७८ को बजेट प्रस्तुत गर्दै सूचना प्रविधिमा आधारित सञ्चारमाध्यमलाई प्रवर्द्धन गर्न सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइनबाट समेत प्रकाशन गर्ने व्यवस्था मिलाइने जानकारी दिएका हुन्।

पत्रकारिता क्षेत्रको व्यावसायिकता अभिवृद्धि गर्न क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने पनि बताएका छन्। पत्रकार दुर्घटना बिमा र पत्रकार वृत्ति कोषलाई सञ्चारकर्मीको हितमा उपयोग गरिने सरकारले जनाएको छ।

आगामी आर्थिक वर्षबाट साइवर सुरक्षा जोखिमको पहिचान, असर न्यूनीकरण र आकस्मिक साइबर सुरक्षा छरितो र भरपर्दो बनाउन साइबर फोरोन्सिक ल्यावको स्तरोन्नति गरिने र छुट्टै साइवर सुरक्षा केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिनेछ।

onlinebadd

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad