सरकारले आगामी आर्थिक वर्षका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिकका लागि १ अर्ब १४ करोड बजेट विनियोजन गरेको छ।
बिहीबार संसदमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडालेमहिला, बालबालिका तथा जेष्ठ नागरिकका लागि १ अर्ब १४ करोड बजेट विनियोजन बताए।
महिला, बालबालिका तथा जेष्ठ नागरिकको सुरक्षाको लागि उक्त रकम खर्च गरिने मन्त्री खतिवडाले बताए।
यसै कार्यक्रमअन्तर्गत सुत्केरीको हवाइ उद्धार गरिने, महिला विरुद्ध हुने सामाजिक भेदभाव हटाइने र सामाजिक जागरणका कार्यक्रम संचालन गरिनेछ।
मन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा नेपाललाई सडक बालबालिका मुक्त देश बनाइने बताए।
त्यस्तै उमेरजन्य रोगबाट पीडित जेष्ठ नागरिकको उपचारका लागि विशेगष व्यवस्था गरिने र अटिजम भएका सबै व्यक्तिलाई सुरक्षा र हेरचाहको व्यवस्था गरिने मन्त्री खतिवडाले बताए।
Shares

प्रतिक्रिया