कारोबार


आगामी वर्ष १३ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइन थप गरिने, अघि बढ्दै छन् यी आयोजनाहरु

आगामी वर्ष १३ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइन थप गरिने, अघि बढ्दै छन् यी आयोजनाहरु

नेपालखबर
जेठ १५, २०७७ बिहिबार १२:१४,

विद्युत् उत्पादन तथा आपूर्ति सुदृढ भएसँगै दशकौँ लामो समयदेखिको ऊर्जा संकट समाधान भएको भन्दै सरकारले आगामी वर्ष सबै क्षेत्र र समुदायको विद्युत् माग पूरा गर्दै विद्युत् निर्यात समेत गरी विद्युत् उत्पादनलाई नदी प्रणालीमा आधारित, अर्धजलाशययुक्त र जलाशययुक्त आयोजनाको मिश्रणको रुपमा विकास गरिने भएको छ।

आगामी वर्ष माथिल्लो तामाकोशी, रसुवागढी, माथिल्लो साञ्जेन, मध्यभोटेकोशी र निजी लगानीकर्ताबाट प्रवर्द्धित साना तथा मझौला आयोजना सम्पन्न गरी कुल १ हजार ३ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा थप गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।

दूधकोशी जलाशययुक्त विद्युत् आयोजना चार अन्तर्राष्ट्रिय वित्तीय संस्थाको वित्त लगानी विधिमा निर्माण सुरु गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक संस्थागत जमानीमा यस आयोजनामा लागतको निश्चित अंश बाह्य लगानीमा परिचालन गर्ने उनले बताए।

नेपालको पानी जनताको लगानी अभियान अन्तर्गत आगामी आवमा माथिल्लो अरुण, किमाथांका अरुण, फुकोट कर्णाली, तामाकोशी ५, चैनपुर सेती, जगदुल्ला लगायतका विद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाइने भएको छ।

बूढीगण्डकी, पश्चिम सेती, कर्णाली चिसापानी, नलगाड उत्तरगंगा, आँधीखोला र नौमुरे बहुउद्देश्यीय आयोजनाको लगानी ढाँचा एकीन गरी कार्यान्वयनमा ल्याइनेछ।

जलाशययुक्त तमोर तथा माडी जलविद्युत् आयोजना सार्वजनिक निजी साझेदारीमा विस्तृत अध्ययन र डिजाइनको काम सम्पन्न गरिने भएको छ। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विकास कार्य अघि बढाइने भएको छ।

झापाको अनारमनिदेखि कञ्चनपुरको महेन्द्रनगरसम्म, लप्सीफेदी, रातमाटे, हेटौंडा र लप्सीफेदी, रातमाटे, दमौली, बुटवल तथा ढल्केबर, मुजफ्फरपुर ४०० केभी क्षमताको अन्तर्देशीय प्रसारणलाइन निर्माण गर्ने कार्य अगाडि बढाइने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad