समाज


राशिफल ६ साउन : वृषको नयाँ काम सुरु, सिंहलाई ताकेको पूरा हुने, तपाईँको दिन कस्तो?

राशिफल ६ साउन : वृषको नयाँ काम सुरु, सिंहलाई ताकेको पूरा हुने, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
साउन ६, २०८३ बुधबार ४:१२, काठमाडौँ

बुधबार, ६ साउन २०८३ (२२ जुलाई २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिन्छ। रमणीय र सुखद यात्राको योग छ। व्यापार व्यवसायमा उन्नतिका साथै आर्थिक वृद्धि हुने देखिन्छ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

वृष: नयाँ काममा हात हाल्ने समय छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। पारिवारिक भेटघाटमा मन रमाउनेछ। सामाजिक र वैदेशिक कार्य पनि सहजै अघि बढ्नेछ।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन: दिन मध्यम खालको छ। सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ। मनमा सेवा र सहयोग भाव आउला। कला, गला र सांस्कृतिक क्षेत्रको प्रभाव बढ्दै जानेछ। आहार-विहारप्रति सजग रहनु पर्छ।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

कर्कट: जिद्दीपनले गर्दा काम बिग्रने डर छ। नियमित खर्च बढ्नेछ। अध्ययनमा त्यति ध्यान दिन नसकिएला। यात्रामा मालसामान हराउन सक्छ। साँझमा लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

सिंह: बन्धु बान्धवबाट सहयोग मिल्नेछ। हिम्मत बढ्नेछ। प्रेम जीवन सुखद् रहनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। आँटे-ताकेको पूरा हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। वस्त्र एवं अलंकार प्राप्ति हुनेछ।

भाग्यशाली रङ आकासे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६६, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या: उच्च महत्त्वाकाङ्क्षा र विगतका गलत निर्णयले काममा चुनौती र झमेला आउने देखिन्छ। सुन्दरतामा धन खर्च हुनेछ। रातो रङको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला: लाभहानि, आयव्यय बराबर रहनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई लाभ मिल्दै जाला। विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक: रोकिएका काम पुनः सुरु हुनेछन्। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। जोस, जाँगर र उमङ्ग बढ्नेछ। नयाँ काममा हात हाल्ने समय छ। कला र गलाको प्रभाव बढ्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

धनु: न्यायिक कार्यमा सफलता मिल्नेछ। जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। समाजसेवामा मन लाग्नेछ। व्यापारबाट सोचेजस्तै लाभ प्राप्त हुनेछ। मनमा दोधारको अवस्था सिर्जना हुन सक्ने भएकाले विचार पुर्‍याएर निर्णय लिनु होला। मेहनतअनुसार आर्थिक लाभ मिल्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनुहोला।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर: शुभकार्यको चर्चा चल्नेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। रोकिएका काम पूरा हुनेछन्। बोलीको प्रभाव बढ्नेछ। प्रणय सम्बन्ध प्रगाढ बन्नेछ। घरमा पाहुनाको आगमन हुनेछ।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ: गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। रमाइलो यात्राको योग छ। मित्र वर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ। हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ। स्वास्थ्य सबल नै रहनेछ।

भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। झुट नबोल्ने।

मीन: कामले तीव्रता लिनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। आफन्त र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ।

भाग्यशाली रङ हरियो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले धैर्यता कायम राख्ने। निलो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad