राजनीति


देशलाई विभाजन होइन, एकता चाहिएको छ: शेरबहादुर देउवा

देशलाई विभाजन होइन, एकता चाहिएको छ: शेरबहादुर देउवा

नेपालखबर
साउन ५, २०८३ मंगलबार १९:२, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रसका पूर्वसभापति शेरबहादुर देउवाले देशलाई अहिले एकताको खाँचो रहेको औंल्याएका छन्। 

बीपी स्मृति दिवसको अवसरमा मंगलबार प्रेस वक्तव्य जारी गर्दै देउवाले एकतामा जोड दिएका हुन्। ‘वर्तमान परिस्थितिले हामी सबैलाई अझ व्यापक दृष्टिकोण, अझ गहिरो सहकार्य र अझ दृढ राष्ट्रिय संकल्पको आवश्यकता महसुस गराएको छ,’ देउवाले भनेका छन्, ‘आज देशलाई विभाजन होइन, एकता चाहिएको छ। अविश्वास होइन, विश्वास चाहिएको छ। प्रतिशोध होइन, सहार्य चाहिएको छ।’

उनले अहिलेको अवस्थामा प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठ्नुपर्ने बताएका छन्। ‘इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ,’ देउवाले भनेका छन्, ‘प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माण अनि साझा भविष्य हाम्रो झापा संकल्प बन्नुपर्छ।’

उनले छिट्टै स्वदेश फर्किने बताएका छन्। सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्ने सक्ने भए पनि आफूलाई जनतामाथि विश्वास रहेको उनले बताएका छन्। 

‘सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु,’ देउवाले भनेका छन्, ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग हार्दिक आग्रह गर्दै, आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एक पटक विश्वास दिलाउँदै म स्वदेश फर्किँदै छु।’

जेनजी आन्दोलनमा घाइते भएका देउवा उपचारका लागि सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि हङकङ पुगेका थिए। 

त्यसयता उनी कहाँ भन्ने खुलाएको छैन। उपचार चलिरहेको र छिट्टै नेपाल फर्किने देउवा दम्पतीले बताउँदै आएका छन्। 

May be an image of text

May be an image of text

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad