समाज


लकडाउनको पालना नभएपछि बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा जारी

लकडाउनको पालना नभएपछि बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा जारी

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ०:४०,

व्यापक रुपमा फैलिएको कोरोना संक्रमणको कारण अवस्था नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले बाँकेमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ।

बुधबार राति १० बजेदेखि लागू हुने गरी जिल्लाभरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

बाँके जिल्लामा अहिलेसम्म एक सय ७० जना कोरोना संक्रमित फेला परिसकेका छन्। एकपछि अर्को गर्दै संक्रमित देखिन थालेपछि अवस्था नियन्त्रणबाहिर जाने आँकलनसहित स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

सरकारले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको सरुवा गरेर रामबहादुर कुरुम्बाङलाई नयाँ प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ।। बुधबार जिम्मेवारी सम्हालेलगत्तै प्रजिअ कुरुम्बाङले बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेका हुन्।

जिल्लामा लकडाउनको पालना नभएकाले निषेधाज्ञा जारी गर्नुपरेको प्रजिअ कुरुम्बाङले बताएका छन्। बाँकेमा एकजना संक्रमितको मृत्युसमेत भइसकेको छ। बाँकेमा बुधबार मात्र थप १६ जनामा संक्रमण पुष्टि भएको छ।

जिल्लाका आठ स्थानीय तहमध्ये छ स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन्। जिल्लामा नरैनापुर गाउँपालिका कोरोना संक्रमणको केन्द्रविन्दु बनेको छ।

बाँकेका २२ जना कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किएका छन्। तर, जिल्लामा संक्रमण रोकिन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad