छापा खबर


रुकुम घटना : हत्यापछि डोरीले बाँधेर भेरीमा बगाएको अवस्थामा शव भेटियो

रुकुम घटना : हत्यापछि डोरीले बाँधेर भेरीमा बगाएको अवस्थामा शव भेटियो

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ०:५,

पश्चिम रुकुमको सोती घटनामा परि बेपत्ता भएका तीन जनामध्ये बुधबार एक जनाको शव फेला परेको छ।

सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डोरीले बाँधेर भेरीमा बगाएको अवस्थामा भेरी नगरपालिका ११ का लोकेन्द्र सुनारको शव कुदुस्थित नदी किनारमा फेला पारेको खबर आजको राजधानी दैनिकमा जाजरकोटबाट वीरबहादुर गिरीले लेखेका छन्।

उनलाई सोतीका गाउँलेले नियन्त्रणमा लिएर कुटपिट गरी बाँधेर नदीमा बगाएको अनुमान गरिएको छ।

योसहित शनिबारको घटनामा परि मृत्यु हुनेको संख्या चार पुगेको छ। यो घटनामा भेरी नगरपालिका ११ का गोविन्द शाही र वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन्।

भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा तथा चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ।

डोरीले बाँधिएको अवस्थामा लोकेन्द्रको शव फेला परेपछि पीडित परिवार थप आक्रोशित भएका छन्। मृतकको अवस्थाले यो सामूहिक हत्या हो भनी पुष्टि गरेको दलित अधिकारकर्मी गोपाल नेपालीले बताए।

सोति घटनाको बारेका छानबिन र अनुसन्धानको लागि दलित अधिकारकर्मी, मानव अधिकारकर्मी र कर्णालीे प्रदेश सभा सदस्यहरुको टोली जाजरकोट पुगेको छ।

सोती घटनामा हराइरहेका तीन जनाको खोजी गर्न शसस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ । घटना भएको पाँच दिन सम्म पनि हराएकाहरु सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरी नदीमै डुवेका आशंकामा शसस्त्र प्रहरीको तालिम प्राप्त गोताखोर झिकाएर परिचालन गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .