अन्नपूर्ण न्यूरो अस्पतालले अभिनेत्री दीपाश्री निरौलाको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ।
सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै केही दिन अस्पतालमा राखेर विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानी तथा आवश्यक उपचार प्रदान गरिने उल्लेख गरेको छ।
दीपाश्रीको मस्तिष्कमा रहेको ट्युमर पूर्णरूपमा निकालिएको बताउँदै अस्पतालले शल्यक्रियापछि कुनै किसिमको समस्या नदेखिएको जनाएको छ।
ट्युमरको किसिम र पछि थप गर्नुपर्ने उपचारको सम्बन्धमा परिवारलाई अवगत गराउने जनाएको छ।
स्वदेशकै स्वास्थ्य सेवाप्रति विश्वास व्यक्त गरेकोमा अस्पतालले आभारसमेत व्यक्त गरेको छ।
२३ असारमा न्यूरोसर्जन वसन्त पन्तको नेतृत्वको चिकित्सकीय टोलीले दीपाश्रीको ब्रेन ट्युमरको शल्यक्रिया गरेको थियो।

219
Shares

प्रतिक्रिया