कास्कीको उत्तरी क्षेत्रमा भिषण वर्षा भएको छ। वर्षासँगै आएको बाढीले त्यो क्षेत्रमा केही घर,पुल र सार्वजनिक संरचनाहरू बगाएको छ।
अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतबहादुर गुरुङका अनुसार अविरल वर्षापछि अन्नपूर्ण गाउँपालिका–११, किम्रुङखोलामा ठूलो बाढी आएको छ।
मोदी खोलाको बहाव बढ्दा अन्नपूर्ण ८ र १० को सीमाना स्याउली बजार क्षेत्रमा कटान गरेको छ। घान्द्रुक जाने सडक पूर्ण रुपमा बन्द भएको छ भने स्थानीय दीलिप गुरुङको रेस्टुरेन्ट तथा घर पूर्ण रुपमा बगाएको छ।
यस्तै, जगन पुनको रेस्टुरेन्टमा क्षति पुगेको छ तथा अन्य घरहरूसमेत जोखिममा रहेको उनले बताए।
यस्तै,नयाँपुल–घान्द्रुक मोटरबाटोको केही भाग पनि बगाएर यातायात अवरुद्ध बनेको छ। अन्नपूर्ण गाउँपालिका– ११ स्थित करिब १४० मिटर लामो झोलुंगे पुल समेत बाढीले बगाएको प्रवक्ता गुरुङले बताए।


Shares

प्रतिक्रिया