ad ad

समाज


कोरोना संक्रमण : मंगलबार अमेरिकामा भन्दा ब्राजिलमा धेरै मृत्यु

कोरोना संक्रमण : मंगलबार अमेरिकामा भन्दा ब्राजिलमा धेरै मृत्यु

नेपालखबर
जेठ १४, २०७७ बुधबार १:३६,

कोरोना संक्रमणका कारण मंगलबार अमेरिकामा भन्दा ब्राजिलमा धेरैले ज्यान गुमाएका छन्।

संक्रमणले आक्रान्त अमेरिकामा विगत केही दिनदेखि मृत्युदर घट्दै गएको छ। तर ब्राजिलमा भने बढ्दै गएकाे छ। गएकाे २४ घण्टामा अमेरिकामा भन्दा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ब्राजिलमा धेरै छ।

ब्राजिलमा गएको २४ घण्टामा १ हजार २७ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा भने यो अवधिमा ७ सय ७४ जनाको मृत्यु भएको छ। बिगत केही दिनदेखि ब्राजिलमा मृत्युदर बढ्दै गएको छ। ब्राजिलमा अहिलेसम्म २४ हजार पाँच सय ४९ जनाले ज्यान गएका छन्।

संक्रमण दर पनि त्यहाँ उच्च छ। मंगलबार ब्राजिलमा १५ हजार ६ सय ९१ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ संक्रमितको संख्या तीन लाख ९२ हजार भन्दा धेरै छ।

अमेरिकामा हिजो झण्डै १९ हजार नयाँ संक्रमित थपिएका छन्।वर्ल्डओमिटरका अनुसार बुधबार बिहान ६ बजेसम्म अमेरिकामा यसको संक्रमणबाट एक लाख ५ सय ७९ जनाले ज्यान गुमाएका छन्।

गएको २४ घण्टामा विश्वभर संक्रमणबाट ४ हजार ५४ जनाले ज्यान गुमाएका छन्। यो सँगै विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ५१ हजार ६ सय ६७ पुगेको छ। अहिलेसम्म ५६ लाख ७८ हजार भन्दा धेरै संक्रमित भएका छन्।

मंगलबार विश्वभर ९३ हजार ९ सय ५६ जना नयाँ संक्रमित थपिएका छन्। अहिले अमेरिका र ब्राजिलपछि संक्रमणदर उच्च हुने मुलुकमा क्रमशः रुस, भारत, पेरु, बेलायत, चिली, मेक्सिको, कतार, इरान लगायत छन्।

भारतमा मंगलबार संक्रमणबाट १ सय ७२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या ४ हजार ३ सय ४४ पुगेको छ भने संक्रमितको संख्या १ लाख ५० हजार नाघेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .