ad ad

समाज


कञ्चनपुरमा क्वारेन्टिन बनाउँदा बनाउँदै वडाध्यक्षको निधन, काेराेना परीक्षणकाे तयारी

कञ्चनपुरमा क्वारेन्टिन बनाउँदा बनाउँदै वडाध्यक्षको निधन, काेराेना परीक्षणकाे तयारी

गोकुल जोशी
जेठ १४, २०७७ बुधबार १:४७,

कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का वडाध्यक्ष कल्लु रानाको निधन भएको छ। क्वारेन्टिन व्यवस्थापन गर्ने क्रममा मंगलबार राति हृदयाघातका कारण वडाध्यक्ष रानाको निधन भएको हो।

स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा क्वारेन्टिन व्यवस्थापन गरिरहेकै बेला एक्कासि बेहोस भएका ५५ वर्षीय वडाध्यक्ष रानाको निधन भएको कृष्णपुर नगरपालिकाकी उपप्रमुख रमिता रानाले जानकारी दिइन्।

‘भारतबाट आउने मान्छेलाई राख्न क्वारेन्टिन तयार गर्दै हुनुहुन्थ्यो, राति ११ बजे उहाँ एक्कासि बेहोस हुनुभयो,’ उपप्रमुख रानाले नेपालखबरसँग भनिन्, ‘क्वारेन्टिनमा मान्छे राखिएको छैन।’

अहिले उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। अब उनको कोरोना परीक्षण गरिने सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले जानकारी दिए। ‘पाेस्टमार्टकाे तयारी छ, कोरोना परीक्षणका लागि नमुना पनि लिन्छौं,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .