ad ad

समाज


वीरगन्जमा दुई बालबालिकासहित थप २१ जनाले जिते काेराेनालाई

वीरगन्जमा दुई बालबालिकासहित थप २१ जनाले जिते काेराेनालाई

नेपालखबर
जेठ १४, २०७७ बुधबार १:२१,

पर्साको वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा रहेका दुई बालबालिकासहित २१ जना कोरोनामुक्त भएका छन्।

निको भएपछि उनीहरूलाई मंगलबार राति डिस्चार्ज गरी घर पठाइएको अस्पतालले जनाएको छ। जसमा १६ पुरुष र ४ महिला छन्। सबै जना वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन्।

२४ घण्टाको अन्तरमा गरिएका पछिल्ला दुई पीसीआर परीक्षणका रिपोर्ट कोरोना नरहेको आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको नारायणी उपक्षेत्रीय अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिएका छन्।

उनीहरूलाई गत वैशाख २७ र ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

नारायणी उपक्षेत्रीय अस्पतालको क्षमताले नभ्याएपछि त्यहाँको गण्डक अस्पताललाई नारायणी अस्थायी कोभिड अस्पतालका रूपमा परिणत गरिएको हो। अब त्यहाँ ९ संक्रमित बाँकी रहेको अस्पतालले जनाएको छ।

याे पनि: ७५ जना कोरोना संक्रमित निको पारेर नियमित सेवा सुरु गर्दै नारायणी अस्पताल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .