त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्।
काठमाडौँको माइतीघर मण्डलामा उनीहरूले प्रदर्शन गरेका हुन्। पुरानो, अव्यवहारिक र विद्यार्थीको भविष्यमाथि गम्भीर असर पुर्याउने परीक्षा प्रणाली तथा ब्याच ड्रप नियम विरुद्ध उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
प्रदर्शनमा सहभागी विद्यार्थीले हातमा विभिन्न प्लेकार्ड, मागपत्र र विरोध ब्यानर बोकेका थिए। ब्यानरमा ‘हाम्रो अध्ययन, हाम्रो अधिकारः न्यायपूर्ण परीक्षा प्रणालीको लागि अत्याचार सहदैनौँ’ र ‘चुप लाग्दैनौँ, अन्याय सहँदैनौँ, एकजुट होऔं, परिवर्तन ल्याऔं’ जस्ता नाराहरू लेखिएका थिए।
विद्यार्थीले परीक्षा लिने पुरानो पद्धतिलाई तत्काल सुधार गरी न्यायसंगत र वैज्ञानिक बनाउनुपर्ने अडान राखेका छन्। उनीहरूले ‘ब्याच ड्रप’ नियमको विरोध गरेका छन्।
उनीहरूकाअनुसार यो प्रणालीले कुनै परीक्षामा थोरै अंकले अनुत्तिर्ण हुने विद्यार्थीलाई पनि पूरै शैक्षिक वर्ष वा व्याच नै गुमाउन बाध्य पार्छ, जुन अन्यायपूर्ण छ।
Shares

प्रतिक्रिया