नेपाल-चीनको सीमाबाट चिनियाँ सुरक्षाकर्मीले दुई नेपाली युवालाई नियन्त्रणमा लिएको छ।
सीमामा ड्रोन उडाएको भन्दै काठमाडौँ धापासीका मनोज प्रजापति र भक्तपुर मध्यपुरथिमीका सुदीप थापामगरलाई चिनियाँ सीमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्।
त्यसपछि सुरक्षाकर्मीहरूले उनीहरूलाई चिनियाँ प्रहरीको जिम्मा लगाएका थिए।
दोलखाबाट प्रवेश गरेका उनीहरूलाई दुई दिनअघि ड्रोन उडाउँदै गरेको अवस्थामा पक्राउ परेका थिए। चिनियाँ क्षेत्र न्यालम काउन्टीको नियन्त्रणमा रहेका उनीहरूलाई छाड्ने तयारी गरिएको छ।
सो काउन्टी सिन्धुपाल्चोक नजिक पर्ने भएकाले तातोपानी भन्सार नाकामार्फत् उनीहरूलाई सिन्धुपाल्चोक प्रहरीको जिम्म लगाउने तयारी गरिउको छ।
प्रजापति र थापाले आफूहरूले अञ्जानमा सीमामा ड्रोन उडाएको स्वीकार गरेपछि चिनियाँ प्रहरीले छाड्ने तयारी गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया