यीमध्ये आठ खोप मानिसमा परीक्षण गरिएको छ। चीनमा परीक्षण गरिएको खोपले सकारात्मक नतिजा दिएको खबरहरु पनि आएका छन्।
थाइल्याण्डले पनि कोरोनाविरुद्धको खोप विकास गरिरहेको छ। थाइल्याण्डले कोरोनाविरुद्ध निर्माण गरेको खोप बाँदरमा परीक्षण गर्न सुरुवात गरेको छ।
थाइल्याण्डले सबैको पहुँचका लागि सस्तो खोप निर्माण गरिरहेको छ र उक्त खोप सन् २०२१ सम्ममा तयार हुने अपेक्षा गरिएको छ।
नेसनल प्रिमेट रिसर्च सेन्टर फर थाइल्याण्डका निर्देशक डाक्टर सुचिन्दा मलाइभितिजतोन्दका अनुसार हाल १३ बाँदरमा कोरोनाविरुद्धको खोप परीक्षण गर्न सुरुवात गरिएको छ।
मुसामा कोरोनाविरुद्धको खोप प्रभावकारी सावित भएपछि बाँदरमा परीक्षण थालेको बताइएको छ।
बाँदरमा पनि खोपको परीक्षण नतिजा सकारात्मक आए मानिसमा खोप परीक्षण गरिने डाक्टर सुचिन्दाको भनाइ छ। एजेन्सी
Shares

प्रतिक्रिया