ad ad

कारोबार


अप्टिकल फाइबर विच्छाउने काम समयमै पुरा गर्न संसदीय समितिको निर्देशन

अप्टिकल फाइबर विच्छाउने काम समयमै पुरा गर्न संसदीय समितिको निर्देशन

नेपालखबर
जेठ १२, २०७७ सोमबार १२:२०,

प्रदेश नम्बर १, २ र बागमती प्रदेशमा अप्टिकल फाइबर विच्छाउने काम समयमै सम्पन्न गर्न संसदीय समितिले सञ्चार मन्त्रालय र दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको सोमबारको बैठकले मध्यपहाडी लोकमार्ग र जिल्ला सदरमुकामहरुमा २ वर्षभित्र फाइबर विच्छाउने सम्झौता भएपनि सन्तोषजनक काम नभएको भन्दै यस्तो निर्देशन दिएको हो। सम्झौता अनुसारको निर्माण कार्यप्रगति न्यून देखिएको उल्लेख गर्दै समितिले स्पष्ट कार्य योजना बनाएर गुणस्तरीय रुपमा काम गर्न सूचना तथा सञ्चारप्रविधि मन्त्रालय र नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो।

समितिले आगामी आर्थिक वर्षमा देशका सबै जिल्लामा रहेको स्थानीय तह र वडाहरुमा रहेका शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरुमा विस्तार गर्ने गरी योजना प्राथमिकतामा राख्न पनि निर्देशन दिएको समिति सभापति कल्याणी कुमारी खड्काले बताइन्। अहिले देशका ४१ जिल्लामा कार्यक्रम सञ्चालनमा रहेको छ।

समितिले शिक्षा, उद्योग लगायत राज्यका हरेक क्षेत्रका संरचनालाई प्रविधिमैत्री बनाउने योजनामा पनि काम गर्न निर्देशन दिएको छ। महामारी छ भनेर काम ठप्प राख्ने अवस्था नभएकाले लक डाउनको पालना गरी सामाजिक दुरी कायम गर्दै सञ्चालन गर्न पनि निर्देशन दिएको छ। काम सञ्चालन गर्दा गुणस्तर र मूल्यमा सम्झौता नगर्न समितिले चेतावनी समेत दिएको छ।

समितिले कोभिड—१९ ले देशमा बेरोजगारीको अवस्था निर्माण गरी आर्थिक मन्दी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै स्वदेशी उत्पादन र जनशक्ति परिचालन गरी काम गर्ने वातावरण बनाउन पनि निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .