समाज


माइतीघरमा दृष्टिविहीनको धर्ना, अनसनमा बस्ने चेतावनी

माइतीघरमा दृष्टिविहीनको धर्ना, अनसनमा बस्ने चेतावनी

नेपालखबर
असार १०, २०८३ बुधबार १३:२८, काठमाडौँ

सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीको समूहले बुधबार पनि माइतीघर मण्डलमा धर्ना दिएको छ।

राज्यले गरिखान नदिनएको भन्दै दृष्टिविहीन केही दिनदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनमा सहभागी दिपकराजले आफ्नो हातमा भएको सीप पनि राज्यले प्रयोग गर्न नदिएको गुनासो गरे। आफूहरूको आयस्रोतको माध्यम भनेकै सांगीतिक कार्यक्रम भएको उनको भनाइ छ। 

सांस्कृतिक कार्यक्रम गर्दा पशुपति क्षेत्र विकास कोष, महानगर प्रहरी, बौद्ध विकास कोष, जनपथ प्रहरीले धरपकड गर्ने, कुटपिट गर्दै आएको उनले गुनासो गरे। यस विषयमा सरकारलाई घचघच्याउन धर्नामा बसेको उनको भनाइ छ। 

व्यापार गर्न नदिए सरकारले विकल्प दिनुपर्ने उनीहरूको माग छ। गास, बास र कपासको माग पूरा नभएसम्म धर्ना जारी राख्ने उनीहरूले बताएका छन्। 

सात दिनसम्म माईतीघरमा धर्ना दिने र माग पूरा नभए रिले अनसन सुरु गर्ने दिपकराजले बताए। उनीहरूले शिक्षित व्यक्तिलाई जागिरको व्यवस्थापन गर्न दिनुपर्ने, अशिक्षितलाई जीवनयापन भत्ताको व्यवस्थापन गर्नुपर्ने, दृष्टिविहीनका साथै पूर्ण रुपमा अपाङ्गता भएकालाई सरकारले व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad