समाज


हटडग खान बाहिर निस्केका ब्राजिलका राष्ट्रपतिलाई रुष्ट भीडले हत्यारा र फोहोर भने

हटडग खान बाहिर निस्केका ब्राजिलका राष्ट्रपतिलाई रुष्ट भीडले हत्यारा र फोहोर भने

नेपालखबर
जेठ १२, २०७७ सोमबार ८:०,

जोन्स हपकिन्स युनिभर्सिटीका अनुसार ब्राजिलमा कोरोना संक्रमितको संख्या ३ लाख ६२ हजार २११ पुगेको छ भने त्यहाँ २२ हजार ६६६ को मृत्यु भइसकेको छ।

कोरोना रोकथाम गर्न नसकेकोमा ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोको आलोचना हुँदै आएको छ। बोल्सोनारोले कोरोना भाइरसलाई सामान्य रोग भएको बताउँदै आएका छन्।

उनले कोरोनाविरुद्ध विभिन्न राज्यमा अबलम्ब गरिएको लकडाउन खुला हुनुपर्ने भनेर आन्दोलन समेत गरेका थिए।

बोल्सोनारो कोरोनाविरुद्धको उपाय उल्लंघन गर्दै आएका छन्।

Jair Bolsonaro branded a 'killer' during hot dog trip as Covid-19 ...

यसबीचमा शनिबार बोल्सोनारो हटडग र चिसो खानका लागि राष्ट्रपतिको कार्यालयबाट सुरक्षाकर्मी सहित बाहिर निस्किएका थिए।

सो क्रममा रुष्ट बनेको भीडले बोल्सोनारोलाई हत्यारा र फोहोर भनेका छन्। यस घटनाको भिडियो पनि सार्वजनिक भएको छ।

बोल्सोनारोले कोरोना नियन्त्रण गर्न कुनै योजना नबनाएको उनीमाथि आरोप लाग्दै आएको समयमा उनलाई भीडले हत्यारा र फोहोर भनेको हो।

यसैबीच ब्राजिलमा गएको २४ घण्टामा १५ हजार ८१३ नयाँ कोरोना संक्रमित थपिएका छन्।

सोही अवधिमा त्यहाँ ६५३ को मत्यु भएको जोन्स हपकिन्स युनिभर्सिटीले जनाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad