बानेश्वरमा एक संक्रमित बसेकाे घरमा स्वाब संकलन गर्न लाग्दा धेरैजनाकाे गर्नुपर्ने माग गर्दै स्थानीयले बिरोध गरेका छन्।
काठमाडौं महानगरपालिका १० बानेश्वरस्थित एक घरमा डेरा गरी बस्ने प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँका तीन वटा घर ६ दिन पहिले सील गरिएको थियो।
ती तीन घरमा ५६ जना बस्छन्। तर तीमध्ये १८ जनाको मात्रै स्वाब संकलन गर्न टोली गएपछि स्थानीयले सबैको गर्न माग गरिरहेका छन्।
स्थानीयले सबैको स्वाब संकलन गर्न माग गर्दै केहीको मात्रै स्वाब संकलन गर्ने कुरा अस्वीकार गरेपछि स्वाब संकलन हुन सकेको छैन।
त्यहाँ पुगेका स्वास्थ्यकर्मीले भने अहिले १८ जनाको स्वाब संकलन गरिने र उनीहरुमा संक्रमण देखिए अरुको पछि परीक्षण गरिने बताएका एक स्थानीयले नेपालखबरलाई जानकारी दिएका छन्।

प्रतिक्रिया