समाज


क्वारेन्टिनमा खटेका दुई प्रहरीलाई कोरोना संक्रमण

क्वारेन्टिनमा खटेका दुई प्रहरीलाई कोरोना संक्रमण

शैलेन्द्र महतो
जेठ १२, २०७७ सोमबार ७:५८,

धनुषामा सोमबार बिहान पुष्टि भएका ३ जनामध्ये दुईजना क्वारेन्टिनमा खटेका सुरक्षाकर्मी परेका छन्।

धनुषाको नगराईन नगरपालिकाको गंगुलीमा निर्माण गरिएको प्रादेशिक क्वारेन्टिनमा खटिएका ४५ वर्षका एकजना असई र करिब ३० वर्षका एकजना प्रहरी जवान गरी दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

ती दुवैजना ईलाका प्रहरी कार्यालय फुलगामामा कार्यरत छन।

दुबै सुरक्षाकर्मी दुईमहिनादेखि प्रादेशिक क्वारेन्टिनमा खटिएको क्वारेन्टिनका संयोजक सन्तोष ठाकुरले जानकारी दिए।

त्यसै गरी सोही क्वारेन्टिनमा रहेका संक्रमण पुष्टि भएका अर्का व्यक्ति नगराइन नगरपालिका ३ धनुषाका ३० वर्षे पुरुष हुन्।

उनी जेठ ६ गते दिल्लीबाट घर फर्केपछि क्वारन्टिनमा भर्ना गरिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान धनुषामा तीजनना व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो।

यसअघि प्रादेशिक क्वारेन्टिनमा रहेका ५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। पाँचजना संक्रमण भएपछि सो क्वारेन्टिन सिल गरिएको थियो। सोमबार थप दुई सुरक्षाकर्मी गरी तीनजनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ संक्रमितको संख्या ८ पुगेको छ।

संक्रमितहरुबाट नै ती सुरक्षाकर्मीलाई कोरोना सरेको आशंका गरिएको छ। थप संक्रमित भएका तीनैजनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरको कोरोना विशेष अस्पतालको आइसोलेशनमा ल्याउने तयारी भइरहेको क्वारेन्टिन संयोजक ठाकुरले जानकारी दिए।

उनका अनुसार अहिले सो क्वारेिन्टनमा ८१ जना रहेका छन् भने अन्य बाहिरबाट आएका संकास्पद व्यक्तिलाई समेत त्यहाँ प्रवेश दिइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad