ad ad

समाज


जर्मन शासक हिटलरको गोही भनेर हल्ला चलेको गोही मस्कोको चिडियाघरमा मर्‍यो

जर्मन शासक हिटलरको गोही भनेर हल्ला चलेको गोही मस्कोको चिडियाघरमा मर्‍यो

नेपालखबर
जेठ ११, २०७७ आइतबार ६:४७,

दोस्रो विश्व युद्धका क्रममा अमेरिका, फ्रान्स लगायतका मुलुकले बर्लिनमा जर्मनीविरुद्ध बम आक्रमण गर्दा उक्त गोही बर्लिनको चिडियाघरमा थियो।

गोही हिटलरको भएको हल्ला चलेपनि उक्त गोही हिटलरको नभएको बताइएको छ। ८४ वर्षको उमेरमा स्याटर्न नामको गोही मरेको मस्को चिडियाघरले जनाएको छ।

सन् १९३६ मा अमेरिकाको मिस्सिसिपीबाट बर्लिनको चिडियाघरमा स्याटर्न ल्याइएको थियो। सन् १९४३ मा बमले चिडियाघर ध्वस्त हुँदा उक्त गोही त्यहाँबाट भाग्न सफल भएको थियो।

Alligator called Saturn who was rumoured to have belonged to ...

बेलायती सेनाले उक्त गोहीलाई तीन वर्षपछि भेटेर मस्को चिडियाघरलाई उपहार स्वरुप दिएको बीबीसीले जनाएको छ।

सन् १९४६ देखि यस गोहीको विश्वभर चर्चा चलेको थियो। यस गोहीलाई हेर्न पर्यटकहरुको घुँइचो लाग्ने गर्दथ्यो।

मस्को चिडियाघरले स्याटर्नलाई ७४ वर्षसम्म आफ्नो चिडियाघरमा राख्न पाउँदा आफूहरु खुशी भएको प्रतिक्रिया दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .