ad ad

खेल


इंग्लिस प्रिमियर लिग क्लबका थप दुई जनामा भेटियो कोरोना संक्रमण

इंग्लिस प्रिमियर लिग क्लबका थप दुई जनामा भेटियो कोरोना संक्रमण

नेपालखबर
जेठ ११, २०७७ आइतबार ६:४१,

चर्चित इंग्लिस प्रिमियर लिगका २ क्लबका थप २ जनामा कोरोना पोजिटिभ देखिएको छ। पछिल्लो समयमा गरिएको परीक्षणमा फरक क्लबका २ जनामा कोरोना सक्रमण देखिएको प्रिमियर लिगले जनाएको छ।

प्रिमियर लिगले खेलाडी वा स्टाफलाई कसलाई संक्रमण देखिएको हो भन्ने बारेमा केही खुलाएको छैन।

प्रिमियर लिगका ९ सय ९६ खेलाडी तथा क्लब स्टाफको परीक्षण गरिएको थियो। खेलाडी र स्टाफमा कोरोनाको संक्रमण देखिएका उनीहरुलाई ७ दिनका लागि सेल्फ आइसोलेसनमा राखिएको छ।

प्रिमियर लिगका खेलाडी र स्टाफलाई कोरोना सक्रमण देखिँदै गएपछि परीक्षणलाई ४० देखि बढाएर ५० मा लगिएको छ।

सुरुवातमा गत मे १९ मा गरिएको पहिलो चरणको परीक्षणमा ६ जनामा कोरोनाको संक्रमण देखिएको थियो।

मे १७ देखि १८ सम्म ७ सय ४८ खेलाडी र क्लब स्टाफको परीक्षण गरिएको थियो।

प्रिमियर लिग गत मार्च १३ बाट स्थगित छ। लिगमा अझै ९२ वटा खेल बाँकी छ।

गत शुक्रबार मात्र प्रिमियर लिगका कार्यकारी अधिकृत रिचार्ड मास्टरले जुनमा अवरुद्ध सिजन सुरु गर्न आफूहरु विश्वस्त रहेको बताएका थिए।

शनिबार मात्र स्पेनका प्रधानमन्त्रीले ला लिगा बन्द रंगशालामा जुन ८ बाट सुरु गर्न सकिने घोषणा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .